काठमाडौँ,९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले जितेको छ ।
चेन्नई स्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि अभिषेक शर्माले ३४, राहुल त्रिपाठीले २१, ह्यारी ब्रुकले १८, हेनरिक क्लासेन, मार्को जेनसनले १७/१७ र कप्तान एडन मार्कमले १२ रन बनाए । चेन्नईका लागि रवीन्द्र जडेजाले तीन, आकाश सिंह, माथीशा पाथिराना र महेश थिक्क्षणाले एक/एक विकेट लिए ।
जवाफि व्याटिङ मा उत्रिएको चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।चेन्नई का लागि डेभन कन्वेले अर्धशतकीय पारी खेल्दै ५७ बलमा १२ चौका र १ छक्कासहित अविजित ७७ रन बनाए ।त्यस्तै, ऋतुराज गायकवाडले ३५, अजिंक्य रहाणे, अम्बाती रायडूले ९/९ र मोइन अलीले अविजित ६ रन जोडे । हैदराबादका लागि मयंक मार्कन्डेले मात्र २ विकेट लिन सकेन ।
Discussion about this post