काठमाडौँ,९ वैशाख । ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइदै छ ।एक महिना लामो उपवास बसेर व्रत ‘रोजा’ अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी मुस्लिम समूदायले ‘इदुलफित्र’ मनाउने गर्दछन् । रमजान पर्व सकिएको भोलिपल्ट ‘इदुलफित्र’ मनाउने गरिन्छ ।
‘इदुलफित्र’ का अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बी ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।
विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।इदुलफित्र मनाउनका लागि भोलि मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । इदुलफित्र मनाउनका लागि मुसलमान बिहानैदेखि तयारीमा जुटेको पाइएका छन् ।
Discussion about this post