हेर्नुहोस २०८० वैशाख ८ गते शुक्रबारको राशिफल

खबर चितवन

खबर चितवन

८ वैशाख २०८०, शुक्रवार वैशाख शुक्ल प्रतिपदा पञ्चाङ्ग: प्रीति बव भरणी , छन्द दिवस/मत्स्यन्द्रनाथ रथारोहण

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानशिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज चिसोका कारण पेट दुख्ने रोगले दु:ख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज  व्यपारमा सबै प्रकारले लाभ मिल्नेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ । घरमा नया समान किनमेल हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज कुनै पनि ठाउको भ्रमण गर्नु उचित छैन । आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । त्यसैले जे काम गर्नुछ यही आज थालनी गर्नुभएमा मध्यम राम्रो हुनेछ ।

सिह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दो रहने छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, पेट रोगले सताउने, खानामा गडबडी, द्खको समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश र हतास नहुनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउमा नजानु होला । बद्नाम अपमानको सम्भावना पनि छ । घरमा तथा परिवारका लागि अनावश्यक खर्च भै जाने अवस्था छ । सकेसम्म जसको जे काम गर्नु छ, उही व्यक्तिसंग पैसा लिएर काम गर्ने गर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज आशा नै नगरेको ठाउबाट धन प्राप्त हुन सक्नेछ । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेट, पेशागत क्षेत्रमा नया लाभका सम्भावना बढेर जानेछन् । जताबाट पनि हर्ष र खुसीका खबरहरू प्राप्त हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज टाढाबाट धन आउने, नया काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहनेछ । परिवारका सदस्यहरूबाट राम्रो सहयोग हुनेछ । सबै सजिलै सम्पन्न गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना छ । जुनसुकै काममा अनावश्यक खर्च हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज आफन्त कुलकुटुम्बका व्यक्तिजन एवं मित्रजनसंग वैरभाव उत्पन्न हुनेछ । धन हानी, पूर्ण हुन लागेको कार्य बिग्रन सक्छ ।  धार्मिक एवं सामाजिक कार्यमा प्रशंसा मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज दु:ख कष्टहरु हराउनेछन् । स्वच्छ, निश्चल सोचाइ बढ्नेछन् । विशेषगरी आज पढाईलेखाई, कलाकृति, आकृतिका काम लगायत परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ । आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...