3pl Addiction Helpline America addictionhelplineamerica

एसीसी प्रिमियर कप : नेपाल ८४ रनको फराकिलो अन्तरले विजयी

खबर चितवन

खबर चितवन

काठमाडौँ,८ वैशाख । एसिसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ८४ रनले विजयी भएको छ।शुक्रबार भएको खेलमा नेपालले ओमनलाई हराउँदै लगातार दोस्रो जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३१० रन बनाएको थियो । नेपालले रनको खाता नखोल्दै ओपनर गुमाएको पारीलार्ई युवा खेलाडी कुशल मल्लले सम्हालेका थिए । उनले नेपालका लागि १०८ रनको शतकीय पारी खेलेका छन् । उनले ६४ बलमा १० नौ चौका र १० छक्का प्रहार गरेका थिए । त्यस्तै  सोमपाल कामीले ६३,करण केसीले २९,कप्तान रोहित पौडेलले २३, भिम सार्कीले ३३ रन बनाए ।

३११ रनको विशाल  लक्ष्य पछ्याएको ओमानले ४६.३ ओभरमा २ सय २६ रन मात्र बनाउन सक्यो । ओमानका लागि मोहम्मद नदिमले ६५, सन्दीप गाउदले ४६ र आयन खानले २९ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा ललितनारायण राजवंशीले एक विकेट लिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...