3pl

इन्डियन प्रिमियर लिग : लगातार पाँच हारपछि दिल्लीको पहिलो जित

खबर चितवन

खबर चितवन

काठमाडौँ,८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । बिहीवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै दिल्ली क्यापिटलले जित निकालेको हो ।

दिल्लीको घरेलु मैदान अरुण जेट्लीमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा १ सय २७ रन बनाएको थियो । उसका जेसन रोयले ४३ तथा आन्द्रे रसेलले अविजित ३८ रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । दिल्लीका एनरिच नोर्किया, अक्षर पटेल, कुलदीप यादव र इशान्त शर्माले समान २/२ तथा मुकेश कुमारले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।उसका डेविड वार्नरले ५७ रनको अर्धशतकिय पारी खेले । कोलकाताका वरुण चक्रवर्ती, अनुकूल रोय र नितिश राणाले समान २/२ विकेट लिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...