काठमाडौँ,८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पन्जाब किङ्ग्सलाई २४ रनले हराएको छ । पन्जाबको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
बेंगलोरको लागि डुब्लेसिस र कोहलीले अर्धशतक प्रहार गरेका थिए । डुब्लेसिसले ८४ र कोहलीले ५९ रन बनाएर आउट भए । दिनेश कार्तिक सात रनमा आउट हुदा म्याक्सेल पहिलो बलमै आउट हुन पुगे ।पन्जाबको तर्फबाट हरपीतले दुई विकेट लिए भने न्याथम ईलिस र अशर्दीप सिंहले एक एक विकेट लिए ।
१७५ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबको टीम १८.२ ओभरमा १५० रनमै समेटियो ।उसका लागि सबैभन्दा धेरै रन प्रभसिमरन सिंहले बनाए । उनले ३० बलमा ४६ रन बनाए भने विकेट किपर जितेश शर्माले ४१ रनको योगदान दिए ।आरसीबीको लागि स्पिनर वानिन्दु हसारंगाले दुई विकेट लिए भने हर्षल पटेल तथा वेन पार्नेलले एक एक विकेट प्राप्त गरे । पञ्जाबका दुई खेलाडी रन आउट भए ।
Discussion about this post