दीक्षित अर्याल नवलपरासी,७ वैशाख । दूधकाेशी नदी नजिकै कुनै एउटा सुन्दर गाउँ थियाे । अविरल रुपमा कलकल गर्दै बगिरहने नदीकाे पानी , नजिकैकाे जङ्गलबाट आउँने चराचुरुङ्गीकाे आवाजले गाउँमा बस्ने मान्छेहरुलाई सधैँ आनन्दित तुल्याउने गर्थ्याे। बिहानकाे सुनाैलाे सूर्यकाे किरणले दिनलाई स्वागत गर्दै थियाे ।
च्यामे ! कति सुति राखेकाे अब उठ्ने बेला भएन र ! बुढी आमाको याे आवाजले उसलाई बिहान भएकाे सङ्केत गर्याे । “हिजाे दिनभरकाे कामले गर्दा धेरै थकाइ लागेकाे छ एकछिन त सुत्नदिनुहाेस् आमा ।” छाेराकाे जवाफ सुनेर आमा चुप लागेर बसिन् । एकछिनपछि छाेरा सुतेकाे अाेछ्यान नजिकैकाे मेचमा लगेर चिया र बिस्कुट राखिन् । “हिजाे बेलुकापनि सदा खाने भन्दा कम खाएकाे थिइस् । तलाई भाेक लागेकाे हाेला याे चिया र बिस्कुट खा है ।
” यति भनेर आमा घरकाे काममा तल्लिन भइन् । सुतेकाे ठाउँबाट आलस्य मान्दै उठेर आमाले टकारेकाे चिया र बिस्कुट खायाे । एकछिन पछि आमाले बनाएकाे खाना खादै भन्याे “आज काम अल्लि बढी छ आज म आउँदा अल्लि ढिलाे हुन सक्छ तिमीले खाना खाएर बस्नु । ” यति भन्दै ऊ आफ्नो कामतिर लाग्याे । आमा दिउसाे तान बुन्दै घरमा बसिरहेकि थिइन् । काममा व्यस्त भएर हाेला आकाशमा लागिरहेकाे घाम पश्चिम दिशातर्फ गएकाे पत्तै भएनछ । छाेराले कामबाट आउँदा ढिला हुन्छ भन्दै थियाे सायद भाेकाएर आउँछ हाेला अब त खाना पकाउनु पर्छ । यति कुरा साेच्दै उनी खाना पकाउन भान्छा काेठातिर लागिन् ।
रात परिसकेकाे थियाे , आकाशमा लागिरहेकाे शशिले छुट्टै किसिमकाे कान्ति दिइरहेकाे थियाे । आमा छाेराे कतिबेला आउँछ हाेला भन्दै दैलाे कुरिरहेकी थिइन् । एकछिनमा छाेराे टुप्लुक्क आइपुग्याे । छाेराे आएकाे देख्नासाथ उनकाे मनमा लागेकाे कालाे वादल अानन्दले गर्दा मनमै बिलायाे । “खाना खान अाइजा बा सङ्गै खाना खाऊ ।”
“आमा मैले हजुरलाई म आउदा ढिलाे हुन सक्छ खाना खाएर बस्नु भनेकाे हाेइन । आज साथीकाे जन्माेत्सव रहेछ । आज उतैतिर पार्टि खाएर अाएकाे छु मलाई भाेक छैन हजुरले खाना खानुहाेस् । ” छाेराे आउछ र उसलाई खान दिएर बाकी रहेकाे आफुले खान्छु भनेर सझाएकाे त्याे सपना छाेराकाे जवाफले वालुवाकाे घर ढले जस्तै उतिबेलै ढल्याे ।
आमाले मलिन अनुहार बनाउदै भनिन् “अलिकति भएपनि खाउँ न बा ” च्यामेले झर्कदै भन्याे ” “खान मन छैन भनेकाे सुन्नु भएन “। यति भन्दै ऊ आफ्नो काठातिर लाग्याे “च्यामेमा अाएकाे परिवर्तन देख्दा उनका मानसपटलमा सधै राम्राेसङ्ग बाेल्ने केटा आज किन यस्ताे झर्कदै छ ? मैले कतै उसकाे चित्त दुख्ने काम त गरिन ? जस्ता थुप्रै प्रश्नहरुकाे बीजाराेपण भयाे । उनले छाेराे रिसाएकाले प्रश्नहरुकाे उत्तर माग्न उचित ठानिनन् । उनले पेटपूजा गरिन् र वर्तन सरसफाई गरि सुत्नेकाेठातिर लागिन् । भाेलि पल्ट शनिवार भएकाले च्यामे पनि घरै बसेकाे थियाे ।
“छाेरा मेराे श्वास कति बेला राेकिन्छ थाहा छैन मर्नु भन्दा पहिले तेराे बिहे भएकाे हेर्ने ठुलाे रहर छ । ” आमाको याे कुरालाई च्यामेले नकार्न सकेन । “असल कन्या पाए त बिहे गर्न हुन्थ्याे नि आमा” । सुरवीर पण्डितले राम्राे कन्या खाेज्छन् । उनलाई म कुरा गर्छु ।भाेलिपल्ट आमाले सुरवीर पण्डितलाई कुरा गरिन् । उसलेभन्याे “हुन्छ म बाबुलाई सुहाउने खालकाे संस्कारी कन्या खाेज्छु । ” सुरवीरकाे कुराले अामा खुसि भइन् ।
केही हप्तापछि पल्लाे गाउँका सुब्बाकी छाेरीसङ्ग उसकाे विवाहकाे कुरा चलाउने कुरा भयाे । केटी पक्षहरु गतिलाे खानदानका थिए । सुरवीर पण्डित र आमाका साथमा च्यामे कन्याकाे घरमा पुग्याे । कन्या पक्ष र वर पक्ष विवाहकालागि सहमत भए । सुरवीर पण्डितलाई शुभ मुहुर्त हेर्न लगाएर उनीहरुकाे बिहे भयाे । च्यामेकाे आमालाई लाग्याे आज बुहारीका रुपमा साक्षत लक्ष्मीलाई घरमा भित्र्याउदै छु । उनका घरमा आज सबै गाउँलेहरुकाे ठुलाे जमात थियाे ।
रातमा पनि दियाे जस्तै धपक्क बाेलेकी यस्ती राम्री बुहारीलाई भित्राउन पाएकी छाैँ भाग्यमा त ल्याएरै आएकी रहिछाैँ बुुढियाँ । ” गाउँलेहरुकाे कुराले अामाकाे मनकाे वगैँचामा फूल फूलाईरहेकाे थियाे । अारती उतारेर रूपवतीलाई घरभित्र भित्र्याइयाे । विवाहकाे त्याे पहिलाे रात च्यामे र रुपवतीका लागि विशेष दिन थियाे । फूलैफूलकाे सुगन्धले सुगन्धित काेठामा दुवै जना रातकाे चन्द्रमालाई साक्षी राखेर कुरा गर्ने काशिस गर्दै थिए ।
एकअर्कालाई राम्राेसङ्ग नबुझेकाले उनीहरु दुवै जना लजावती झार जस्तै एकआपसमा कुरा गर्न पनि लजाउथे । दिवाकाे थकाईले गर्दा रूपवती केही समयपछि निदाई । उसलाई निदाएकाे देखेपछि च्यामेपनि केहीवेरपछि भुसुक्क निदाएछ ।
भाेली बिहानै घरकी नयाँ बुहारी उठेर सबेरै चिया पकाइ ल्याएर दिन्छे भन्ने आमाकाे मनमा आश पलाएकाे थियाे । मइतमा कहिले काम नगर्ने बानी त्यसैमाथि अवेरसम्म सुत्ने उसकाे बानी एकैदिनमा कहाँ परिवर्तन हुन्छ र ! बुहारी उठ्दा सात बजेकाे थियाे । आमाले घरधन्दा सबै सकेकी थिइन् ।
बुहारीलाई आमाले घरकाे काम सिद्धाउन्जेलसम्म ओच्छानमै सुतिरहेकाे कुरा सम्झदा लज्जास्पदकाे भावना जाग्याे । हिजाे बढी थाकेकी रहेछाैँ तिम्राे निन्द्रा त पुग्याे नि आमाकाे याे कुराले उसकाे मन आनन्दित भयाे । उसले आफुले सकेजत्तिकाे मिठाे खाना बनाएर खुवाउने गर्थी ।
च्यामे दिउँसाे काम गर्न जान्थ्याे । सुरुसुरुमा नयाँ बुहारी भएकाले उसलाई घरधन्दा गर्न त्यति गार्हाे लागेन तर बिहे भएकाे एक महिनापछि भने उसकाे मनमा छुट्टै अहंकार पैदा भयाे । मैले मेराे माइतमा ढलेकाे सिन्काे समेत उठाउनु पर्ने थिएन यहाँ भने सबै घरधन्दा एक्लैले गर्नु परेकाे छ ।
एकदिन च्यामेकाे काममा जाने बेला भइसक्दा पनि घरमा खाना पाकेकाे थिएन । आमाकाे पनि त्यसदिन स्वास्थ्य अवस्था ठिक थिएन । “आज किन खाना नबनाएकी रूपवती ? “दैनिक घर धन्दा मात्र गर्नुपर्ने म यसघरकि काम गर्ने मेसिन जस्तै भएकि छु । ” यस्ताे तुक्ष जवाफले च्यामे र उसकी अामालाई मनमा चसक्क सियाेले घाेचेजस्तै भयाे ।
केही नबाेली भाेकै मनिलाे मुख बनाएर च्यामे काममा गयाे । विरामी आमाले वेलैमा खान नपाउदा उनी कमजाेरी भएकी थिइन् । बेलुका च्यामे घरमा आयाे घरमा अाउदा आमा आफैले जनतन खाना पकाइरहेकाे दृश्य देख्याे । सुत्ने काेठामा जादा रूपवती खाटमा मस्त बसिरहेकि थिई ।
आमाले खाना खान बाेलाउनु भयाे र दुवै जना गएर खाना खाए। यस्ताे अवस्थामा पनि छाेराले एकपटक हजुरलाई कस्ताे छ आमा भनेर नसाेध्दा आमाकाे मुटु भक्कानियाे । उसलाई बुढेसकालमा टेक्ने आफ्नो लठ्ठी भाचिएकाे जस्ताे लाग्याे । रातमा सङ्गै एकै ठाउँ भएकाे बेला रुपवतीले भनी ” कतिन्जेलसम्म म तिम्राे घरकाे र आमाको हेरविचार गरेर बस्ने कि तिमीले मलाई छाड कि त आमालाई ! “
याे कुराले च्यामेलाई धर्मसङ्कटमा पार्याे । आमा राेजाैँ भने आफ्नाे मुटुु भन्दा बढी माया गर्ने रूपवतीलाई छाड्नुपर्छ । रुपवतीलाई राेजाैँ भने डाडाकाे घाम जस्तै भएकी आमालाई छाड्नुपर्छ । उसले जन्म दिएर हुर्काएकी आमालाई लत्याएर रूपवतीलाई अङ्गाल्ने निधाे गर्याे। भाेलि पल्ट उनीहरुले आमालाई केही नभनि आफ्ना पाेका पुन्तुरा बाेकेर रूपवतीकाे माइततिर लागे । आमाले उनीहरुलाई कयाैँ पटक बाेलाउन खाेजिन् तर उनीहरु कानमा तेल हाले झै आफ्नो यात्रामा निरन्तर लागिरहे । केही कुरा नभनी छाेरा बुहारी घरबाट किन गए यसकाे उत्तर उनले पाउन सकिनन् ।
केही बेरपछि उनीहरु आफ्नो गन्तव्यमा पुगे । पाेकापुन्तुरा सहित ज्वाईँ छाेरीलाई एक्कासी देख्दा रुपवतीका बुबाअामाहरु तीन छक परे । छाेरी के भयाे ? ज्वाइँ र तिमी पुकापुन्तुरा बाेकेर किन आएकाे आमा खै ? के घटना घट्याे र तिमीहरु यहाँ यस्ताे अवस्थामा आइपुग्याैँ ? आउनासाथ बुबाआमाका यति धेरै प्रश्न उठाढदा उनीहरुलाई अचम्म लाग्याे तर उसलाई केही समयपछि घरजम भएर गएकी छाेरीलाई ज्वाईँसङ्गै यस्ताे अबस्थामा देख्दा उहाँहरुले प्रश्न गर्नु स्वभाविक जस्ताे लाग्याे । “हामी दुवै जनाले आमालाई छाडेर यहाँ आएकाे ।
” यस्ताे जवाफ सुन्नासाथ आमाबुबाकाे अनुहार मनाैँ कुनै कञ्चन निलाे आकाशमा वादल लाग्दा हुने कालाे आकाश जस्तै भयाे । उहाँहरुले रिसाउदै भन्नू भयाे भाेलि तिम्राे दाइले भाउजूकाे लैलहेमा लागेर हामीहरुलाई छाड्याे भने तिमीलाई कस्ताे लाग्छ ?हाे तिम्राे सासू आमा पनि म जस्तै तिम्रै आमा हाे ।
” अनि ज्वाईं साहेव हजुरलाई आफुलाई जन्मदिने आमाकाे अलिकति पनि माया लाग्दैन ।” बुबाकाे याे प्रश्नकाे जवाफ च्यामेले दिन सकेन । उनीहरुलाई कुनै अज्ञानरुपि अन्धकार काेठाबाट बाहिर ज्ञानरुपि उज्यालाेमा अाए जस्ताे महशुस भयाे । उनीहरु हस्याङ्पस्याङ् गर्दै आफ्नै घरतिर कुदे ।
घरकाे आगनमा पुग्दा गाउँलेहरुकाे जमात थियाे । के काे जमात हाे भनेर नियाल्दा हामी घर आउन भन्दा एक मिनेट अघाडि मात्र आमा कहिल्यै नउदाउने गरि अस्ताउनु भएछ । अन्तिम अवस्थामा पनि अामाले भन्दै हुनुहुन्थ्याे रे ” मेरा छाेरा बुहारीलाई मैले निकै माया गर्छु उनीहरुले कहिल्यै दु : ख भाेग्न नपराेस् है भगवान् ” याे कुराले च्यामे र रुपवतीलाई ठुलाे पश्चाताप गरायाे । आमालाई हामीहरुले छाडेर नहिडेकाे भए आज याे दिन देख्नुपर्ने थिएन ।
सन्देश : आफूसङ्ग भएकाे कुराकाे मूल्य पहिले देखि बुझ्नु पर्छ नत्र पछि त्याे कुरा गुम्याे भने पश्चाताप बाहेक अरु केही बाकि रहदैन ।
लेखक दीक्षित अर्याल मध्यविन्दु नगरपालिका ४ ,नवलपरासी ( ब.सु .पू) श्रीराम वैदिक संस्कृत गुरुकुलमबाट उत्तरमध्यमा उतीर्ण हाल वाल्मीकि संस्कृत विद्यापीठमा शास्त्री प्रथम वर्षमा अध्यायनरत हुनुहुन्छ ।
Discussion about this post