काठमाडौं,६ वैशाख । बेइजिङको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको छ ।
राजधानी सहरको फेंगताई जिल्लाको बेइजिङस्थित चाङफेङ अस्पतालको इनपेसेन्ट विभागमा आगलागी भएपछि कर्मचारीले ७१ जना बिरामीलाई बाहिर निकालेको बताइएको छ ।
आगो करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो भने उद्धारको प्रयास करिब दुई घण्टासम्म जारी रहेको थियो ।आपतकालीन प्रतिक्रिया टोलीहरूले मंगलबार दिउँसो १ बजे अस्पतालमा आगलागी भएको खबर पाएको बेइजिङ डेली रिपोर्टले बताएको छ । अल्जजिरा
Post Views: 161
Discussion about this post