3pl

इन्डियन प्रिमियर लिग : मुम्बई इन्डियन्स १४ रनले विजयी

खबर चितवन

खबर चितवन

काठमाडौं,६ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सराइजर्स हैदराबादलाई १४ रनले हराउँदै मुम्बई इन्डियन्सले लगातार तेस्रो जीत हासिल गरेको छ ।

मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सले टस हारेर पहिला ब्याटिङ गर्दै ५ विकेटको क्षतीमा १९२ रन बनायो । मुम्बईका लागि ग्रीनले ४० बलमा ६४ रन जोडे । उनी बाहेक ईशान किशनले ३८ तथा तिलक वर्माले ३७ रन बनाए । बलिङतर्फ मार्को जानसेनले दुई विकेट लिए ।हैदराबादका लागि मार्को जानसेनले दुई विकेट लिए ।

जवाफी ब्याटिङ गरेको हैदराबादले १९.५ ओभरमा अल आउट हुँदै १ सय ७८ रन मात्र बनाउन  सफल भयो। हैदराबादका ओपनर मयंक अग्रवालले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाएका थिए।यस्तै हेनरिक क्लासेनले ३६,कप्तान मार्करमले २२ रनको योगदान दिए । मुम्बईका लागि जेसन बेहरनडर्फ, रिने मेरेडिथ तथा पीयूष चावलाले समान दुई विकेट लिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...