काठमाडौं,६ वैशाख । नेपालमा आज मंगलबारदेखि पश्चिमी वायु प्रवेश हुँदैछ । पश्चिमी वायुको प्रभावका कारण तापक्रम घट्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज, भोलि र पर्सि हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् ।पश्चिमी वायुको प्रणालीका कारण दिउँसोपछि मौसम बद्ली भई पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने महाशाखाले जनाएको छ।
Post Views: 201
Discussion about this post