3pl Addiction Helpline America addictionhelplineamerica

१७१ जना कोरोना संक्रमित थपिए,एकैदिन २ जनाको मृत्यु

खबर चितवन

खबर चितवन

काठमाडौं,५ वैशाख । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।२ हजार २९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ जना र एक हजार ३१२ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै,कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन थप दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमा ज्यान गुमाउनेको कुल संख्या १२ हजार २२५ जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ जना छ । सक्रिय सङ्क्रमितमध्ये २२ जना आइसोलेसन, ८ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...