3pl Addiction Helpline America addictionhelplineamerica

एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको शानदार जित

खबर चितवन

खबर चितवन

काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित हात पारेको छ। टीयू क्रिकेट मैदानमा आजदेखि सुरु भएको खेलमा नेपाल ६ विकेटले विजयी भयो ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनायो । मलेसियाका लागि कप्तान अहमद फैजले ७६ रन जोडे । यस्तै विरनदीप सिंहले ४६ रन,खिजर हायातले २२,तथा सयाजरुल इद्रुसले २१ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । त्यस्तै ललित राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिए ।

जवाफि ब्याटिङ गरेको नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि भीम सार्कीले ९८ बलमा ७१ रन जोडे कुशलले भने ४० बलमा अविजित रहँदै ७० रन जोडे ।

यस्तै कप्तान रोहित पौडेलले ४३ बलमा ४२ तथा कुशल भुर्तेलले ३१ बलमा ३८ रन बनाए । आसिफ शेख भने १ रनमा आउट भए ।  दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएर अविजित रहे ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...