काठमाण्डाै,४ वैशाख । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलको भाउ महंगिएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलमा प्रति लिटर साढे ६ रुपैयाँ र डिजलमा प्रति लिटर एक रुपैयाँ बढेर आएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा तत्कालका लागि भने मूल्य समायोजन नहुने निगमले जनाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो गतिमा रहेकोले यसपटक नेपालमा मूल्य समायोजन नहुने तर आगमी १५ दिनको मूल्य अवस्थालाई हेरेर थप निर्णय गर्ने निगमको भनाई रहेको छ ।
Post Views: 189
Discussion about this post