काठमाण्डाै,४ वैशाख । पछिल्लो २४ घण्टामा १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ। १ हजार ६ सय ३२ नमुनामध्ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जनामा कोरोना देखिएको थियो । यस्तै, १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना देखिएको थियो ।
पीसीआर र एन्टीजेन दुवै परीक्ष गर्दा कूल १०४ जनामा कोरोना संक्रमण देखिएको र थप १ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या १२ हजार २३ पुगेको छ।
अहिले देशभर ३७९ जना सक्रिय संक्रमित छन्। हाल आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ ।
Post Views: 224
Discussion about this post