भाइरल ज्वरोका कारण नेकपा एमालेका अध्यक्ष ओली अस्वस्थ

खबर चितवन

खबर चितवन

s]Gb|Lo sld6L a}7s sf7df8f}F, & k'; -/f;;_M k|wfgdGqL tyf g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf cWoIf s]kL zdf{ cf]nLaf6 dªunaf/ k|wfgdGqL lgjf; afn'jf6/df s]Gb|Lo sld6L a}7snfO{ ;Daf]wg . t:jL/M k|wfgdGqLsf] gLlh ;lrjfno, /f;;

काठमाडौं,३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले आफू भाइरल ज्वरोबाट पीडित भएको जानकारी दिएका हुन् ।

‘भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’ उनले फेसबुकमा लेखेका छन् ।

उनले तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुने इच्छा भएपनि अस्वस्थताका कारण आफू ती कार्यक्रममा सहभागी हुन नसकेको उल्लेख गरेका छन् ।

‘‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन । तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं ।’’ उनले फेसबुकमा लेखेका छन् ।

उनले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न आउने बताएका छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...