काठमाडौं,२ वैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । १०० वर्षीया राधादेवीको आज (शनिबार) बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
श्वासप्रश्वासमा समस्याका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गरेका थिए ।
जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।
Post Views: 224
Discussion about this post