मेराे श्रीराम वैदिक संस्कृत गुरुकुलमकाे शैक्षिक यात्रानुभव

खबर चितवन

खबर चितवन

दीक्षित अर्याल नवलपरासी,२ वैशाख । धेरैले भन्छन् समय र परिस्थितिलाई कसैले पनि डाेर्याउन सकिँदैन ।  आफैले भाेगेपछि थाहा पाए । बुबा आमा राेजगारकाे शिलशिलामा भारतमा भएकाले बाल्यकाल देखि नै गुल्मी मामाघरमा बसेर पढकाे म सानैदेखि चनचले स्वभावकाे थिए ।
मामाघरमा धेरै जना भएर हाेला मैले हजुरबुबा ,हजुरआमा ,मामा ,माइजू , सानीमाहरुबाट धेरै माया पाए, म उहाँहरुकाे आखामा राख्दा समेत नबिजाउने भइसकेकाे थिए । सानै उमेरदेखि मलाई पढाउनु पर्छ भन्ने उच्च भावनाले हजुरबुबाले मलाई श्री भैरवकाली पब्लिक इङ्लिस स्कुलमा भर्ना गरिदिनु भयाे । साथीहरु सङ्ग मिलेर खेल्ने रमाइलाे गर्ने उमेरमा स्कुल जानू पर्दा मलाई नरमाइलाे लाग्थ्याे ।
सानीमा हरुले फकाएर स्कुल पठाउन खाेज्दा पनि नमानेपछि मेराे सुनाैलाे भविष्यका लागि उहाँहरुले स्कुल लतारी लतारी लगेकाे , सरलाई देखेपछि डरले दौडिदै स्कुल गएका ती अविष्मरणीय पलहरु अहिलेसम्म आखामा घुमिरहन्छन् । समय सङ्गै उमेर पनि बढ्दै गयाे आफ्ना साथीहरु पनि स्कुल जान लागे त्यसपछि भने मलाई स्कुल जान त्यति गार्हाे भएन ।
त्यतीबेला मलाई अक्षर चिनाउनु हुने , फकाएर बालमैत्री वातावरणमा पढाउनुहुने सम्पुर्ण सर , मेडम र मीसहरु प्रती साधुवाद । समय बितिरहेकाे थियाे  समय सङ्ग सङ्गै मेराे उमेर बढिरहेकाे थियाे । साथीहरु सङ्ग रमाइलाे गर्दै कक्षामा हल्ला गर्दै पढेकाे,गृहकार्य नगर्दा सर आज त कपी घरमै छाेडिएछ भन्दै वाहना बनाएकाे र घरबाट बनाएर ल्याएकाे खाजा साथीसाथी मिलेर बाढ्दै खाएका ती पलहरुले गर्दा त्यही बाेर्डिङ्बाट नर्सरी देखि कक्षा पाँच पास गरेकाे त्याे लामाे अवधि पनि कत्ति छाेटाे समयमै  बितेकाे जस्ताे लाग्याे ।
हाम्राे गाउँमा पाँच कक्षासम्म मात्रै बाेर्डिङ् थियाे । पाँच कक्षा पास गरेपछि सङ्गै पढेका साथीहरु सङ्ग छुट्टिदा निकै नरमाइलाे महशुश भयाे । काेही साथीहरु अझै पनि राम्राे बाेर्ङिङमै पढ्ने भनेर गुल्मीकाे सदरमुकाम तम्घाँस गएर पढ्ने कुरा सुनाउथे त काेही गाउँकै स्कुलमा पढ्ने कुरा सुनाउथे । बाेर्डिङकाे वार्षिकाेत्सवमा हामीहरुलाई विदाई गरियाे ।
मैले त्यहाँ पढ्दै गर्दा मलाई ज्ञानी बनाउनु हुने सर, मेडम र मीस प्रती उच्च सम्मान र सङ्गै बसेर रमाइलाे गर्दै पढ्ने साथीहरुमा मिठाे सम्झना छ । त्यहाँकाे पढाइ सकियाे मलाई भने अब हजुरबुबाहरुले कहाँ पढाउने भन्नुहुन्छ भन्ने कुराले मनमा काैतुकता जागिरहेकाे थियाे ।
सानैदेखि आफू हुर्काेकाे ,बढेकाे र पढेकाे ठाउँ भएकाले,आफ्ना धेरै साथीहरु पनि गाउँमै पढ्ने भएकाले गाउँ छाड्न पटक्कै मन थिएन । एकदिन सानीमा,हजुरबुबाहरु सङ्ग आँगनमा बसिरहेकाे बेला हजुरबुबाले सानीमाहरुलाई साेध्नुभयाे ।
“अब नातीलाई कहाँ पढाउने ?”  देवघाटमा संस्कृत पढाइ हुन्छ रे अब यसकाे व्रतवन्ध गरिदिने अनि यसलाई देवघाटमा लगेर संस्कृत पढाउने बुबा ।” हजुरबुबाले गाउँमै पढाऔ भन्नुहुन्छ कि भन्ने साेचेकाे  हजुरबुबाले पनि सानीमाहरुकाे उत्तरमा हुन्छ भनेर हुन्छ मा हुन्छ मिलाउनु भयाे ।
मेरा मनमा अनेक तरहका प्रश्न खेल्न थाले । कहाँ हाेला याे देवघाट भनेकाे ? संस्कृत पढेर के हुन्छ ? त्यहाँ कस्काेमा बस्ने ? मैले हजुरबुबा र सानीमाहरुलाई केही कुरा भन्न सकिन ।
२०७२ सालकाे वैशाखमा मामाघरमै मेराे व्रतबन्ध गरियाे । त्यसपछि मलाई देवघाट पढाउने निधाे गरियाे । परिवारले  सानैदेखि मेरालागि राम्रै साेच्ने भएकाले मैले उहाँहरुकाे निर्णयलाई  नकार्न सकिन।
आफुले सानै देखि रमाइलाे गर्दै हुर्किएकाे त्याे गाउँ र मलाई माया गर्ने त्याे मावली परिवारलाई छाड्नै मन नहुदा नहुदै पनि छाड्न बाध्य भए । हजुरबुबा मलाई कसरी  भर्ना गर्न सकिन्छ भनेर बुझ्नका लागि देवघाट गइसक्नु भएकाे थियाे ।
म ठुलाेबुबा सङ्गै हजुरबुबा भएकाे ठाउँ जाने कुरा भयाे । गाउँबाट हिड्नु भन्दा अघिल्लाे दिन मलाई सानीमाहरु ,ठुलीआमाले  राम्ररी पढ्नु भनी सम्झाउनु भयाे । अर्काेदिन म ठुलाेबुबा सङ्ग हजुरबुबा भएकाे ठाउँमा जानका लागि गाडी चढे । गाडी चढेर यात्रा अघि बढेपनि मेराे मनभने गाउँमै नाचिरहेकाे थियाे ।
मनमा त्याे नयाँ ठाउँमा चिनेका काे हाेलान् ? , कसरी बस्न सकिएला ? जस्ता अनेक प्रश्नहरु खिलिरहेका थिए । लामाे यात्रा भएकाले गाडीमा निदाइदाे रहेछ । निन्द्राबाट बिउझिदा नयाँ ठाऊँ जान लागेकाे कुरा सम्झेर झसङ्ग हुन्थे । त्यसदिनकाे बेलुका करिब साढे १२ बजेतिर हजुरबुबा भएकाे ठाउँमा पुगियाे ।
मलाई हजुरबुबाकाे जिम्मा लगाएर ठुलाेबुबा काठमाडौतिर लाग्नुभयाे । रातपरि सकेकाे थियाे । मलाई याे रात रातमै सीमित भए भाेलि आउँदैनथ्याे र हजुरबुबालाई छाड्न पर्दैनथ्याे जस्ताे लागेकाे  थियाे तर समयलाई कसले पाे राेक्न सक्थ्याे र ! झन छिटै उज्यालाे भएजस्ताे लाग्याे। हामी जेठ महिनाकाे अन्तिमतिर आएकाले देवघाटमा खाली ठाउँ रहेनछ त्यसपछि देवघाट जस्तै राम्राे पढाइ हुन्छ राम्राे व्यवस्था छ भन्ने सुनेर मलाई चितवन जिल्ला स्थित श्रीराम वैदिक संस्कृत गुरकुलम् लैजाने जमर्काे गर्नुभयाे ।
हजुरबुबाकाे भान्जाले त्यस गुरुकुल चिनेकाे हुनाले उहाँ सङ्ग हामी त्यस गुरुकुलममा गयाैँ । त्यहाँ कक्षा ६ काे  नेपाली पुुस्तक पढ्न लगाइयाे । मैले पढेँ । “बाबुकाे एक महिनाकाे पढाइ छुटेकाे छ उसकाे पढ्नेशैली राम्राे छ ठिक छ उसले पढ्न सक्छ जस्ताे लाग्याे । ” गुरुकाे त्याे जवाफले हजुरबुबालाई आनन्दित तुल्यायाे तर मलाई भने अब नयाँ ठाउँमा कसरी बस्ने भन्ने चिन्ता लागिरहेकाे थियाे ।
भर्ना प्रकिया पूरा गरेपछि किताब , कापी र अरु आवश्यक सामान किनिदिएर मलाई ल राम्राे सङ्ग बस भनी हजुरबुबा जानू भयाे । कहिलेपनि घर र आफन्तबाट टाढा भएर नबसेकाले मलाई नरमाइलाे महशुस भयाे । छिमेकी जिल्ला नजिकैकाे गुणनिधि दादाले मलाई निकै माया गर्नुहुन्थ्याे ।
धाेती  लगाइदिने खाना खान जादा सङ्गै लैजाने गर्नुहुन्थ्याे । बिहानै ४ बजे उठ्ने , नुहाउने  सन्ध्या भगवानकाे उपासना गर्नुपर्थ्याे । घरमा कहिल्यै ४ बजे नउठ्ने मलाई त्यहाँ चार बजे उठ्न निकै गार्हाे भयाे । खेल्नलाई न त आफुले चिनेका साथीहरु थिए न त राम्राे चाैर नै । करिव एक हप्ता जति गाउँ र आफन्तलाई सम्झेर मेरा आखाबाट धेरै आसुहरु बगे ।
गुरुहरु र दादाहरु मलाई रुनु हुदैन हजुरबुबा आउनुहुन्छ भन्दै फकाउनु हुन्थाे तर पनि मेराे मन मान्ने थिएन । बाेर्डिङ पढेर आएकाले नेपाली अङ्रेजी र गणित विषय मेरा लागि त्यति धेरै कठिन थिएन तर संस्कृत कहिल्यै नपढेकाले निकै गार्हाे लाग्थ्याे । गुरुकुलममा आउदा सुरुमा नत्वा सरस्वतीं देवीं पढाएर संस्कृतकाे जग राखिदिनु हुने गुरुकुलका प्राचार्य वैकुण्ठ गुरुलाई साधुवाद ।
समय बित्दै गयाे म जस्तै आफ्नाे गाउँ र परिवारलाई रहरले कहरले छाडेर आएका साथीहरु , दादाहरु पनि त मसङ्गै हुनुहुन्छ जस्ताे लाग्न थाल्याे । दादाहरुले पनि मलाई राम्राेसङ्ग पढ्नुपर्छ भनी सम्झाउनुहुन्थ्याे । बिस्तारै बिस्तारै साथीहरु सङ्ग घुलमिल हुन थालियाे । म त्यस गुरुकुलमा गएकाे वर्षमा त्यहाँ बल्ल पूर्वमध्यमा सञ्चालन भएकाे रहेछ  ।
शिक्षककाे कमीले गर्दा केही समयपछि  हामीहरुलाई ९ कक्षामा पढ्ने दादाहरुले पढाउने कुरा भयाे । हामीहरुले गुरुकाे आज्ञालाई शिराेपर गर्याैँ दादाहरु बढाे मिहिनेत पुर्वक आफ्नै भाइहरु जस्ताे साेचेर सम्झाएर पढाउनु हन्थ्याे उहाँहरु प्रती उच्च सम्मान छ । गुरुकुलमा खानका लागि महिनाकाे पहिलाे दिन आजिवन सदस्यकाे घरघरमा साइकल चढेर टाेली विभाजन गरि टाेलटाेलमा मुष्ठीदान उठाउन जानुपर्ने रहेछ।
हामीहरुलाई पनि साइकल चढेर बाहिर घुम्न जान मन लाग्थ्याे तर हामी साना भएकाले गुरुहरुले हामीहरलाई बाहिर पठाउनु हुन्थेन । गुरुकुलमा भान्से नभएकाले पालैपालाे कसैले खाना पकाउने,कसैले भाडा माझ्ने त कसैले तरकारी काट्ने काम गर्नु पर्थ्याे । त्यतिबेला अल्छी लागि लागि गरेका ती कामहरुले अहिले हामीहरुलाई व्यावाहिक मान्छे बन्नमा निकै सजिलाे भएकाे जस्ताे लाग्छ ।
नाकावन्दीका वेलामा भुसेचुलामा खाना पकाउदा कुनै दिन काच्चै भएकाे त्याे  खाना भाेक मेटाउन पातलाे दाल र एक डाडु सब्जीसङ्ग मुछेर मिठाे मान्दै खाएकाे त्याे रमाइलाे क्षण कसरी बिर्सन सक्छु र ! घरबाट टाढा भएकाले कहिले विदा हुन्छ र घर जान पाइन्छ भन्ने कुराले मन पिरलि रहनथ्याे । दसैँकाे बेलामा विदा हुने कुरा सुनेपछि  म र म सङ्गै पढ्ने साथीहरु दिनकाे सयपटक भन्दा बढी दसैँ आउन कति दिन बाकी छ  भन्दै औला भाच्ने गर्थ्यौ ।
समय न हाे बित्दै गयाे दसैँ आएपछि हाम्राे दसैँ देखि तिहारसम्म १ महिना विदा भयाे । हामीले निवेदन बुझाएर घर गयाैँ। घरमा गएपछि गुरुकुल र साथीहरुकाे याद आउथ्याे । घर आएर बसेकाे कती छिटाे एक महिना भइसकेछ थाहा नै भएन । त्यसपछि फेरि गुरुकुल फर्किने कुराले निकै नरमाइलाे लाग्याे ।
नरमाइलाे लाग्दा लाग्दै पनि गुरुकुल गइयाे । साथीहरु पनि घर छाडेर आउनु पर्दा म जस्तै निराश देखिन्थे । लगभग ८ / ९ महिनापछि हामीहरु पनि दादाहरु सङ्ग मुष्ठीदानमा जाने अवसर पायाैँ । पहिलाेपटक साइकलमा चढेर दादाहरुसङ्ग मुष्ठीदान जान पाउँदा खुसिकाे सीमा नै थिएन । आजिवन सदस्यहरुले दिएकाे मासिक ३ माना चामल र मायाले दिएकाे १०,२० रुपैयाँले हामीलाई प्रमाेद तुल्याउथ्याे ।
काेही नबुझ्नेहरुले माग्दै हिडेकाे भन्ने साेचेर हामीहरुलाई गिज्याउने गर्थे तर उनीहरुलाई ऋषिमुनिहरुले पनि यसै गरेर मिष्ठिदान उठाइ आफ्नाे जीविकाेपार्जन गरेर हामीहरुलाई आदार्शका कुरा सिकाएकाे कुरा उनीहरूलाई के थाहा ! पढ्दै जादा वार्षिक परीक्षा आयाे । वार्षिक परीक्षा दिइयाे र फेरि २० दिनका लागि घर गइयाे ।
२० दिन बितेपछि फेरि गुरुकुल गइयाे रिजल्ट हेर्दा कक्षा ६ पास गरिएछ । कक्षा ६ मा पढ्ने बेलामा हामी करिव दस जना थियाैँ । काेही साथिहरुलाई पढ्न अत्ति नै गार्हाे भएपछि घरबाट आएनन् । कक्षा सातमा जाने बेलामा हामी ४ पाँच जाना मात्र भयाैँ । करिव एक वर्ष  गुरुकुलमा बसिसकेकाले अब त्यहा बस्न र पढ्न पहिलेकाे जस्ताे गार्हाे भएन । सात कक्षामा गएपछि हामीहरुलाई गुरुहरुले पढाउन थाल्नु भयाे ।
कक्षा चढ्दै थियाैँ अनि नयाँ नैतिक कुराहरु पनि पढ्दै थियाैँ । बिहान बिहान ४ बजे नउठ्दा गुरुहरुले पानी हालेर बिस्तारा भिजेकाे ,नसाेधी बाहिर बिस्कुट, दालमाेठ किन्न जादा गुरुले देखेर निवेदन लेखेर माफि माग्न लगाएकाे कुरा त झन कसरी बिर्सन सकिन्छ र ! गुरुकुलममा भाैतिक पुर्वाधारकाे विकास र विद्यार्थीकाे खानपिन व्यवस्थालाई प्रभावकारी बनाउन गुरुकुलमा वार्षिक धनधान्याञ्चल लाग्ने गर्थ्याे ।
बाल्यकालकाे बेलामा रमाइलाे गर्न मन लाग्ने त्यसैमाथि धान्याञ्चल काे बेलामा पढ्न नपर्ने टाेलटाेलमा गाडीमा सहयाेग उठाउन हिड्नु पर्ने भएकाले हामीलाई रमाइलाे लाग्थाे । कुनै घरबाट धान दिन्थे त कुनै घरबाट पैसा ,चामल जे जस्ताे सहयाेग दिएपनि त्याे सहयाेग हाम्रा लागि निकै उपयाेगी हुन्थ्याे ।
बेलुका बेलुकामा नाचगान भजन हुन्थ्याे ,हामीहरु साथीसाथी मिलेर नाचगान  गर्थ्याैँ । यसरी रमाइलाे गर्दा गर्दै सात कक्षामा पनि परीक्षा दिएर पास भइयाे  । कक्षा ८ मा पुगिसकेपछि हामीहरुलाई गुरुहरुले याे वर्ष तिमीहरुकाे जिल्लास्तरीय परीक्षा हुन्छ भनी सुनाउनु भयाे । त्याे कुरा सुनेर हामीले मिहिनेत पुर्वक पढिन्थ्याे । मेघनाथ गुरुले अनेक उदाहरण दिएर बुझ्ने गरि व्याकरण विषय पढाउनु हुन्थ्याे ।
रमाइलाे गर्दै पढेर हाेला कक्षा ८ काे परीक्षा आएको पत्तै भएन । परीक्षा दिदा निकै डर लागेकाे भएपनि रिजल्ट हेर्दा पास भइएछ । हामी ६ कक्षाबाट सङ्गै पढ्दै आएका नवराज , लालु र म गरि तीन जना मात्रै थियाैँ । पहिले देखि हामी सङ्गै बस्दै , खादै ,खेल्दै आएकाले  एक आपसमा राम्राेसङ्ग मिल्ने  गर्थ्याैँ । ३ जनाकाे छुट्टाछुट्टै स्वभाव थियाे । लालु खेलकुदमा रुचि राख्थ्याे । उसलाई हासी मजाक गरेकाे खासै मन पर्दैनथ्याे ।
नवराज पत्रपत्रिका पढ्नमा  र राजनीतिमा  रुचि राख्थ्याे मिलेसम्म साथी सङ्ग मिलेर अरुकाे खिल्ली उढाउनमा समेत पछि पर्दैनथ्याे । मलाई भने अनेक वाहना बनाएर साथीहरुलाई उढाउन मन लाग्थ्याे । लालुकाे घर गुरुकुलबाट नजिकै रहेकाले ९ कक्षामा घरबाट पढ्न आउने कुरा गुरुलाई सुनायाे । गुरुले उसकाे कुरामा समर्थन जनाउनु भएन । उसले त्यहा नपढ्ने निर्णय गर्याे। सङ्गै पढ्ने साथी छुट्टिने कुराले मन अमिलाे बनेकाे थियाे तर पनि नरमाइलाे मान्दै उसलाई विदाइ गरियाे ।
हामीले ९ कक्षामा पनि रमाइलाे गर्दै पढियाे परीक्षा दिइयाे पास पनि भइयाे ।दुई तले खाटमा माथी सुत्दाकाे त्याे रमाइलाे क्षण , साथीसाथी मिली खाजा किनेर मिलेर खाएका ती दिन  आजसम्म याद आइरहन्छन् । कक्षा दशमा पुगेपछि अन्तिम परीक्षा बाहिरी स्कुलमा हुन्थ्याे । त्यही डरले हाेला पहिले देखि नै हामीले मिहिनेतका साथ पढ्थ्याैँ ।
मुष्ठीदान लिन आजीवन सदस्यका घरघर गएर ल्याएकाे चामल जम्मा पारी  आफै पकाउने ,खाने तरकारी काट्ने ,भाडा माझ्ने गरिन्थ्याे । त्यसैले घरमा कहिले काहीँ परिअाएकाे बेलामा काम गर्न खासै गार्हाे हुदैन । अङ्रेजी पढाउनुहुने दयाराम सरले बढाे मिहिनेतका साथ पढाउनुहुन्थ्याे । उहाँ प्रती उच्च सम्मान छ ।
फाल्गुणतिर एसइइ काे रुटिङ आयाे । रुटिङ् अाएकाे खबरले हामीहरुकाे मनमा डर उत्पन्न भयाे । गणित विषयमा हामीहरु कमजाेर भएकाले परीक्षा आउन ३ महिना अघि देखि शङ्कर सरसङ्ग ट्युसन पढेका थियाैँ । उहाँले नयाँ नयाँ र सजिलाे तरिकाले बुझाएर पढाएका ती हिसाबहरु अझैसम्म पनि मष्तिष्कमा ताजा  छन् ।
परीक्षाकाे प्रवेशपत्र पाएपछि मनमा डर उत्पन्न भयाे । त्यतिबेला विश्वका अधिकांश मुलुकहरुमा काेराेना विकराल रुपमा फैलिएकाे थियाे । त्यसकाे प्रभावबाट नेपाल पनि अछुताे रहन सकेन । exam काे  अघिल्लाे दिन हामीहरुकाे परीक्षा स्थगित भएकाे कुराले हामीहरुलाई डरबाट मक्त गरायाे ।
त्यतीबेलाकाे उमेरनै त्यस्तै भएर हाेला परीक्षा स्थगित भएकाे कुराले के खाेज्छस् काना आखो भने जस्तै गरायाे ।सबै विद्यालयहरु काेराेनाकाे भयभित अवस्थाले गर्दा बन्द हुने  अवस्थामा पुगे । हाम्राे गुरुकुलपनि विदा हुने कुरा भयाे । तत्काल लगडाउन नभएकाले तिमीहरुकाे परीक्षा जसरी पनि हुन्छ घर गयाैँ भने तिमीहरुकाे पढाइ  बिग्रिन्छ भनी गुरुहरुले हामीहरुलाई घर पठाउनु भएन। हामीहरु exam स्थगित भएपनि रमाइलाेमा मग्नमस्त रहयाैँ तर मनमा परीक्षा भयाे भने भन्ने शङ्का जाग्नासाथ झसङ्ङ भइन्थ्याे ।
काेराेना विकराल रुपमा बढ्दै गएपछि लगडाउन भयाे । गाडीहरु बन्द भएकाले घरजान सम्भव भएन ।हामीहरु थाेरै जाना भएकाले पहिले भन्दा मिठाेमिठाे खानेकुरा खादै , लुडाे खेल्दै मनाेरञ्जनकासाथ  दिनहरु बितायाैँ । केही महिनापछि विद्यालयकाे आन्तरिक मूल्याङ्कन अनुसार नम्वर दिने एसईई परीक्षा नहुने भन्ने समाचार सुनेपछि खुसिकाे सीमा नै रहेन ।
हामीहरुलाई काेराेना  भगवानकाे रुप लिएर धर्तीमा आएकाे जस्ताे लाग्याे । केही महिनामा हामीहरुकाे रिजल्ट आयाे । रिजल्ट हेर्दा  हामीहरु राम्रै श्रेणीमा उतीर्ण भएका थियाैँ । म , नवराज , , पुष्करमणी र अभिषेक गरि हामी चारजना दश कक्षामा पढ्थ्याैँ ।
पुष्करमणीकाे फत्याउरे बानी र अभिषेककाे अरुलाई जिस्काउने , ठ्रट्टा गर्ने बानी त कसरी बिर्सन सकिन्छ र ! अभिषेककाे ११ बाटज्याेतिष विषय लिएर पढ्ने उदेश्य थियाे । हाम्राे गुरुकुलमा ज्याेतिष विषय नभएकाले ऊ निस्कने भयाे । सङ्गै सुत्ने bedmed साथीलाई छाेड्नु पर्दाकाे त्याे अवस्था कल्पना समेत गर्न सकिँदैन। अझ उसकाे लैलहेमा लागेर सचिन , म सङ्गै नसाेधी बाहिर घुम्न जादा गुरुले थाहा पाई एक हप्तासम्म भाडा माझ्न लगाएकाे कुराले त उसकाे मष्तिष्कमा समेत ताजै हाेला ।
भगवानसङ्ग त्यही प्रार्थना गर्थे कि मिल्ने साथीहरुसङ्ग छुट्न नपराेस् तर जिन्दगीभर कहाँ सङ्गै बस्न रमाइलाे गर्न सकिन्छ र ! हामी तीन जना भने गुरुकुलमै ११/१२ कक्षा भएकाले त्यही पढ्ने निर्णय गर्याैँ । हामीसङ्गै पढ्न भनेर अभिषेककाे जस्तै स्वभाव भएकाे श्रीराम भन्ने साथी आइपुग्याे । त्यतिबेला साेचे अक्सर भगवानले मेरालागि अभिषेककाे अर्काे रुप बनाएर श्रीरामलाई पठाउनु भएछ ।
हामी भन्दा माथिल्ला व्याजका मिलनसार दाजुहरु ,साथीहरुमा मिठाे सम्झना । कक्षा ११ मा हाम्रै पालाेमा  पुरानाे पाठ्यक्रम परिवर्तन भयाे हामीहरुले ६ वटा विषय पढनुपर्ने कुरा सुन्दा नरमाइलाे लाग्याे । सामाजिक पढाउन नयाँ सर आउनु भयाे । उहाँकाे नाम डा वसन्त अधिकारी रहेछ ।
यसाे बुझ्दा उहाँले  आफ्नाे  देश मात्र नभइ विभिन्न देशकाे परिवेश बुझ्नु भएकाे रहेछ यतिमात्र कहाँ हाे र  समाजसेवामा तल्लिन हुनुहुदाे  रहेछ । विभिन्न विषयमा पि एच डि समेत गर्नु भएकाे रहेछ । उहाँकाे विद्यार्थीलाई गर्ने व्यवहार र पढाउने शैलीलाई जति प्रशंसा गर्दा समेत पुग्दैन । उहाँ प्रती म सधैभरि ऋणी रहनेछु ।
११ कक्षामा केही महिना भाैतिक अवस्थामै पठनपाठन भयाे तर काेराेना फेरि बढेपछि हामीहरुकाे गुरुकुल पनि विदा भयाे । फेरि घरघर गइयाे केही महिनापछि गुरुकुल आइयाे । गुुरुकुलमै परीक्षा भयाे । कक्षा एघार पनि पास भइयाे । कक्षा १२ मा पनि काेराेना आइदिए परीक्षा दिनु पर्ने थिएन भन्ने कुरा मनमा अाउथ्याे तर परीक्षा यति भइहाल्याे भने बाहिर हुन्छ भन्ने डरले पनि पढिएकाे थियाे ।
१० कक्षामा केन्द्रकाे परीक्षा स्थगित भएकाले १२ मा कस्ताे हुने हाे भन डर मनमा उब्जिन्थ्याे । रमाइलाे गर्दै पढ्दै गरेर हाेला exam अाएकाे पत्तै भएन। मनमा अनेक कुरा खेलिरहेका थिए । सधैँ अाफ्नाे गुरुकुलभन्दा बाहिर गएर परीक्षा नदिएर हाेला exam काे पहिलाे दिन एकदमै डर लागेकाे थियाे । symbol नम्बर अनुसार सिटतालिका हेरियाे र  परिक्षाकाेठामा गइयाे । पहिलाे दिन अङ्रेजीकाे परीक्षा थियाे ।
अङ्रेजी त्यति नआउने भएकाले पहिलाे दिनकाे exam ठिकठिकै भयाे । परीक्षा सुरु भएर सक्किएकाे पत्तै भएन ।  त्यस गुरुकुलमा १२ सम्म मात्र पढाइ हुने भएकाले र सबैकाे साेच  फरक फरक भएकाले हामीहरु छिट्टिन बाध्य भयाैँ। अस्ति भर्खरै रुदै पढ्न नमान्ने  म साथीहरुसङ्ग घुलमिल भएर पढ्दै जादा ७ वर्ष बितेकाे पत्तै भएन ।
हामीहरु नचाहादा नचाहादै पनि छुट्टिनु पर्ने परिस्थिति सृजना भयाे । जुनसुकै ठाउँमा र जस्ताेसुकै अवस्थामा पुगेपनि कसैले  कसैलाई नबिर्सने सर्तमा हामी छुट्टियाैँ । हाम्राे भाैतिक उपस्थिति सङ्गै नभए पनि हामीहरु विच बेलाबेलामा फेसबुकमा कुराकानी हुने गर्छ । कुराकानीमा समेत हासी मजाक गर्ने हाम्राे बानी कहाँ परिवर्तन हुन सक्छ र ! सम्पुर्ण दाजुहरु , साथीहरु र भाइहरु म बाट टाढा भएपनि मेराे मन हजुरहरु र गुरुकुलतिरै छ ।
 गुरुकुल पढेर के बन्छाैँ बाबू?  याे प्रश्न धेरैजनाकाे हुन्छ । गुरुकुलमा पढ्दा गुरुहरुले जननी जन्मभूमिशच स्वर्गादपि गरीयसी अाफुलाई जन्मदिने अामा र अाफ्नाे जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छन्  , वसुधैव कुटुम्वकम् हामीले सबैसङ्ग भाइचाराकाे व्यवहार गर्नु पर्छ , गुरुदेवाे भव आफुलाई ज्ञानदिने गुरु देवता हुन् जस्ता थुप्रै नैतिकताका कुराले मलाई नैतिकवान् बन्न मद्दत गरेकाे छ । जसकाे पलना म अाफैले गरेर अरुलाई पनि यी कुरा सिकाए भने मैले समाज परिवर्तन गर्न सक्छु ।
याे प्रश्नकाे गहकिलाे उत्तर यही हाे । संस्कृत पढेर सरकारकाे जुनसकै निकायमा पनि जागिर खान सकिन्छ । त्यसैले संस्कृत पढ्नेलाई अरुभन्दा कमजाेर साेच्नु त्याे तपाइहरुकाे भुल हुनेछ । जन्मदेखि मृत्यु सम्म गरिने १६ संस्कार हाम्राे पूर्वीय दर्शन अन्तर्गत पर्छ । जुन संस्कृत पढ्ने विद्यार्थीले राम्राेसङ्ग गराउन सक्छन्। अाफ्नाे छाकबाट एकमुष्ठी चामल निकालेर हामीहरुलाई खाना खुवाउने वाताावरण मिलाउनुहुने  गुरुकुलका  आजीवन सदस्यहरु , हाम्राे सुविधाकालागि गुरुकुलमा आएर अहाेरात्र खट्ने गुरुकुल समितिका पदाधिकारीहरु , मलाई अज्ञानरुपि अन्धकारबाट ज्ञानरुपि उज्यालाेमा ल्याउन आफु सङ्ग भएकाे ज्ञान बाड्ने सम्पुर्ण गुरुहरु प्रती र श्रीराम वैदिक संस्कृत गुरुकुल प्रती सधैभरि ऋणि छु । लेखक दीक्षित अर्याल मध्यविन्दु नगरपालिका ४ ,नवलपरासी ( ब.सु .पू) श्रीराम वैदिक संस्कृत गुरुकुलमबाट उत्तरमध्यमा उतीर्ण हाल वाल्मीकि संस्कृत विद्यापीठमा शास्त्री प्रथम वर्षमा अध्यायनरत हुनुहुन्छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...