3pl Addiction Helpline America addictionhelplineamerica

इण्डियन प्रिमियर लिग : हैदराबादले कोलकातालाई हरायो

खबर चितवन

खबर चितवन

काठमाडौं,२ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई  पराजित गरेको छ। इडेन गार्डेन कोलकोतामा शुक्रवार राति भएको खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो। उसका लागि ओपनर ह्यारी ब्रूकले ५५ बलमा १२ चौका तथा तीन छक्काको मद्दतले अविजित एक सय रन बनाएपछि टीमले उच्च योगफल तयार पार्न सफल भएको थियो ।यस्तै,  एडेन मार्करमले ५०, अभिषेक शर्माले ३२ तथा हेन्रिच क्लासेनले १६ रन  बनाएका थिए ।कोलकाताका लागि आन्द्रे रसेलले तीन र वरुण चक्रवर्तीले एक विकेट लिए ।

जवाफि व्यटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनायो ।उसका लागि कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

४१ बलको सामना गरेका राणाले ६ छक्का र ५ चौकाको मद्दतमा ७५ रन बनाए । लगातार दोस्रो अर्धशतक बनाउनेक्रममा रिंकुले ३१ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा अविजित ५८ रनको पारी खेले । नारायण जगदीशनले ३६, वैंकटेश अय्यर र शार्दुल ठाकुरले १२/१२ रन जोडे । हैदराबादका लागि मयंक मार्कन्डे, मार्को जेनसनले दुई/दुई, टी नटराजन, भुवनेश्वर कुमार र उमरान मलिकले एक/एक विकेट हात पारे ।

यो जितसँगै हैदराबाद अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । उसले चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ । कोलकाताले पनि चार खेलमा दुईमा हार तथा दुई खेलमा जित हात पार्दै अंक तालिकाको चौथो स्थानमा छ ।

आईपीएलमा आज शनिवार २ खेल हुदैछ । दिउँसो ३ः४५ बजे रोयल च्यालेञ्जर्स बेंग्लोर तथा दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ भने राति ७ः४५ बजे लनखउ तथा पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...