कोल्हुवा,१ वैशाख । नयाँ वर्षको पहिलो दिन आज बिहान देखि नारायणी नदी किनारमा स्नान गर्न तिर्थालुहरुको भीड लागेको छ ।
हिन्दू परम्परा र संस्कृति अनुसार नयाँ वर्षको पहिलो दिन नदीमा पूजा आराधना गर्दै स्नान गर्ने प्रचलन भएकोले पनि तिर्थालुहरुको भीड लागेको हो । आज बिहान सबेरैदेखि नारायणी नदीको किनारमा मानिसहरुको भीड लागेको थियो ।
नयाँ वर्षका दिन नारायणी स्नान गरी नजिकका मठमन्दिरमा पुजाआजा गरेर ब्राम्हण र दिनदुखिलाई दान गर्नाले वर्षभरी पुन्य मिल्ने र रोगब्याधि नलाग्ने बिश्वास रहेकाले पनि स्नान गर्न आउनेको घुइचो लागेको छ । बिहानैदेखि बच्चा देखि बृद्धबृद्धाहरुको नदी किनारमा घुइचो लागेको छ ।
Post Views: 254
Discussion about this post