Advertise here

गौतमबुद्ध विमानस्थलबाट मलेसिया र दिल्ली उडान गर्ने निगमको तयारी

खबर चितवन

खबर चितवन

काठमाडौं,१ वैशाख । नेपाल वायुसेवा निगम(नेवानि)ले अबको डेढ महीना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया र नयाँ दिल्लीमा उडान गर्ने भएको छ। दुई गन्तव्यमा साताको दुई उडान थाल्न नेवानिले यही साता भित्रमा उडान तालिका सार्वजनिक गर्न लागेको क्यापिटल नेपाल अनलाइनले लेखेको छ।

निगमका एक उच्च अधिकारीका अनुसार यही साताभित्रमा उडान तालिका सार्वजनिक गर्ने छन्। केही समयअघि नेवानिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नगरेको भन्दै आलोचना खेपिरहेको बेला अबको डेढ महीना भित्रमा नियमित उडान गर्ने भएको हो।

निगमको तयारी अनुसार काठमाडौँबाट मलेसियाको क्वालाम्पुर, क्वालाम्पुरबाट गौतमबुद्ध र त्यहाँबाट नयाँ दिल्ली उडान गर्ने छ। गौतमबुद्धबाट मलेसियाका लागि सिधा उडान हुँदा यात्रुहरु नपाउने भएकाले तत्कालका लागि काठमाडौँबाट उडान गर्ने र फर्किदा तराई क्षेत्रका यात्रुहरुलाई समेटेर ल्याउने तयारी नेवानिको छ।

सरकारी स्वामित्वमा रहेको नेवानिले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिनुपर्ने भएकोले मलेसियाबाट फर्किदा भने गौतमबुद्ध हुँदै दिल्ली र दिल्लीबाट काठमाडौं आउने गरी उडान तालिका तयार पारिरहेको छ।

उडान गर्ने बित्तिकै यात्रुहरु नपाउने भएकोले डेढ महीनाको सीमा राखेर तालिका सार्वजनिक गर्न लागेको जनाएको छ। जहाजको संख्या कम भएकोले जहाज पूर्ण रुपमा गौतमबुद्ध विमानस्थलमा राखेर उडान गर्न सम्भव नभएकोले तत्कालका लागि साताको दुई उडान मात्र गर्न लागेको नेवानि स्रोतको भनाइ छ।

 

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको...