काठमाडौं,१ वैशाख । इन्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाव किंग्सलाई ६ विकेटले पराजित गर्दै गुजरात टाइटेन्सले चौंथो खेलमा तेस्रो जित निकालेको छ।गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले ८ विकेटमा १ सय ५३ रन बनाएको थियो । म्याथ्यु सर्टको ३६ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।त्यस्तै जितेश शर्माले २५ रन तथा साम कुरान र शाहरुखखानले समान २२-२२ रन बनाउँदा भानुका राजापाक्षाले २० रन बनाएका थिए। गुजरातका लागि मोहित शर्माले दुई विकेट लिए ।
जवाफि व्यटिङमा उत्रिएको गुजरातले ४ विकेट गुमाएर १९.५ ओभरमा १ सय ५४ रन बनायो ।त्यस्तै ऋद्दिमान साहाले ३० तथा साइ सुदर्शनले १९ तथा डेभिड मिलर १७ रन बनाएका थिए।गुजरातका मोहित शर्माले २ विकेट लिए । मोहम्मद शामी, जोशुवा लिटिल, अल्जारी जोशेफ र राशिद खानले समान एक/एक विकेट लिए ।
गुजरात ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्ककासाथ तेस्रो स्थानमा छ । समान ४ खेलमा ६ अङ्क भए पनि राजस्थान शीर्ष र लखनउ दोस्रो स्थानमा छ । पञ्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अङ्कका साथ छैटौँ स्थानमा छ ।
Discussion about this post