Advertise here

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर,दुइतर्फी मूल्य ५५० कायम

खबर चितवन

खबर चितवन

गैँडाकोट,३० चैत । नयाँवर्ष अर्थात बैशाख एक गते देखि सञ्चालनमा आउने तयारीमा रहेको मौलाकाली केबलकारले यात्रुहरुका लागि टिकटदर सार्वजनिक गरेको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले नयाँवर्षको अवसरमा बैशाख १ गतेदेखि सुरु गर्न लागेको केबलकारको टिकट मूल्य सार्वजनिक गरेको हो ।

उद्घाटनको अवसर पारेर केबलकारले दुइतर्फी मूल्य (आउन र जान) रु ५५० कायम गरिएको जनाएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) लागि रु २७५ को टिकट दर रहेको जनाएको छ ।

केवलकारले सार्वजनिक गरेको यो टिकटको मूल्य केहिसमयका लागि मात्रै हो । त्यसैगरी मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागिनि:शुल्क सेवा दिने जनाएको छ । मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आईएमइ पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत समेत टिकट प्राप्त गर्नसक्नेछन् ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि बैशाख एकगतेदेखि नै केबलकार सञ्चालनमा आउने भएपनि औपचारिक उद्घाटन मध्य बैशाखसम्म गर्ने तयारी रहेको छ । एकहजार दुईसय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । १२ वटा यात्रुबोक्ने डब्बा (गोन्डुला) र एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा राखिएको छ । एउटा (गोन्डुला) डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ। हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको...