Advertise here

इण्डियन प्रिमियर लिग : राजस्थानले चेन्नईलाई ३ रनले हरायो

खबर चितवन

खबर चितवन

R. Ashwin of Rajasthan Royals celebrating the wicket of Ajinkya Rahane of Chennai Super Kings during match 17 of the Tata Indian Premier League between the Chennai Super Kings and the Rajasthan Royals held at the MA Chidambaram Stadium, Chennai on the 12th April 2023 Photo by: Saikat Das / SPORTZPICS for IPL

काठमाडौँ,३० चैत । इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई ३ रनले हराएको छ। चेन्नईको चिदमबरम स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ५२ रन बनाए। त्यस्तै, देवदूत पाडिक्कलले ३८ तथा रविचन्द्रन आश्विन र शिमरोन हेटमायेरले ३०/३० रन जोडे ।चेन्नईका आकाश सिंह, तुशार देशपाण्डे र रविन्द्र जडेजाले २/२ तथा मोइन अलीले एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा १७२ रन मात्रै बनाउन सक्यो। उसका लागि डेभोन कोनवेले ५०, महेन्द्र सिंह धोनीले ३२, अजिन्क्या रहाणेले ३१ तथा जडेजाले २५ रन बनाए। राजस्थानका लागि आश्विन र युजभेन्द्र चहलले समान २ तथा सन्दीप शर्मा र एडम जाम्पाले १/१ विकेट लिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...