काठमाडौँ,२९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। बुधबार बिहान ९ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको हो।पार्टीबाट समानुपातिकतर्फ सांसद रहेका ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच कुराकानीको अडिओ सार्वजनिक भएपछि रास्वपाले अनुशासन समितिमार्फत् छानबिन गरिरहेको छ।
उक्त रकम माग गरेको अडियो आइतबार कपुरबोट मिडियाले सार्वजनिक गरेको थियो । उक्त विषयमा छानबिन गर्न रास्वपाले बनाएको समितिले उक्त अडियो ढाकाकै भएको भन्दै पार्टीलाई प्रतिवेदन बुझाएपछि उनलाई हटाउने तयारी गरिएको छ।
रास्वपाले छानबिनका लागि डा. भरतमणि देवकोटाको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको थियो। समितिमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने सदस्य थिए। समितिले ७२ घण्टाको समयसीमा पाएपनि ५० घण्टाभित्रैप्रतिवेदन सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकाललाई बुझाएको छ।
Discussion about this post