काठमाडौँ,२९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।लामिछाने का अनुसार श्रेष्ठको सांसद पद समेत गएको छ ।
“अनुशासन समितिले कारवाहीको सिफारीस गरेको थियो त्यसलाई बैठकले अनुमोदन गर्यो,” उनले भने, “उहाँ साधारण सदस्य र सांसद नरहेनगरी कारवाही भएको छ ।”डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको २ करोड घुसको अडियो सार्वजनिक भएको थियो ।
यसैबिच ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेसँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी काशंकार सांसद बनाउने भएको छ । ढाकाकुमार आदिवासी जनजाति क्लस्टरमा सांसद बनेका थिए । अब रास्वपामा सोही क्लस्टरबाट काशंकारलाई सांसद बनाउने भएको हो । रास्वपा सभापति रवि लामिछानेले बैठकपछि पार्टीले श्रेष्ठको ठाउँमा काशंकारलाई सांसद बनाउने बताए ।
Discussion about this post