थपिए १२१ कोरोना संक्रमित,एकको मृत्यु

खबर चितवन

खबर चितवन

काठमाडौँ,२९ चैत । पछिल्लो २४ घण्टामा देशभर १२१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

२ हजार ३ सय ७७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन्। एक हजार ७ सय ५७ जनाको एन्टीजेन विधिबाट र ६२० जनाको आरटीपीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। मंगलबार पनि कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। तीन महिनापछि मंगलबार कोरोनाबाट पहिलो मृत्यु भएको थियो। योसँगै मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ।

यस्तै आज ८१ जना कोरोनाका बिरामी निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४४५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

 

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...