जगतपुर,२९ चैत । भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो ।
आगो निभाउने क्रममा २ जना घाईते भएका छन् । घाईते हुनेहरुमा रिसोर्टमा काम गर्ने बर्ष ३३ का चुडामणी पौडेल र स्थानिय कृष्ण प्रसाद अधिकारी रहेका छन् । पौडेलको खुट्टा भाचिएको छ भने अधिकारीको ढाढमा समस्या देखिएको भरतपुर २३ का वडा अध्यक्ष दिपक दवाडिले जानकारी दिनुभयो ।
Post Views: 294
Discussion about this post