काठमाडौँ,२९ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै मुम्बइले पहिलो जीत दर्ज गरेको छ ।
दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै १७२ रन जोड्न सफल भएको थियो।
दिल्लीका लागि डेभिड वार्नरले ५१ रनको अर्धशतकीय इनिङ खेल्दा अक्षर पटेलले २५ बलमा ५४ रनको विष्फोटक अर्धशतक बनाए। त्यस्तै, मनिस पाण्डेले २६ रन बनाउँदा पृथ्वी साले १५ रन बनाएका थिए। दिल्लीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुम्बईका लागि ज्यासन बेरेनड्रफ र पियुष चावलले समान ३/३ विकेट लिँदा रिले मेर्दिथले २ तथा ऋतिक सोकिनले १ विकेट हात पारेका थिए।
जवाफि व्याटिङमा उत्रिएको मुम्बईले चार विकेटको क्षतिमा २० ओभर खेल्दै लक्ष्य भेट्टायो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ६५ रन बनाए । त्यस्तै,तिलक वर्माले ४१ रन,इशान किशनले ३१ रन बनाए ।सूर्यकुमार यादवले यो खेलमा पनि खाता खोल्न सकेनन् ।दिल्लीका मुकेश कुमारले २ र मुस्ताफिजुर रहमानले १ विकेट लिए।
Discussion about this post