काठमाडौं,२९ चैत । नेपाली बजारमा सुन-चाँदीको मूल्य आजपनि बढेको छ। मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुन आज बुधबार पनि एक हजार रूपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो।
Post Views: 248
Discussion about this post