काठमाडौं,२८ चैत । देशभर पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २४ सय ३६ जनाको नमुना परिक्षण गर्दा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४७६ जनाको परीक्षण गर्दा ७४ जना र एन्टीजेनबाट १९६० नमुना परीक्षण गर्दा ३२ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४६९ पुगेको छ।
Post Views: 343
Discussion about this post