3pl Addiction Helpline America addictionhelplineamerica

इण्डियन प्रिमियर लिग : लखउनको रोमाञ्चक जित

खबर चितवन

खबर चितवन

काठमाडौं,२८ चैत । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रमिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

बैंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको बैंगलोरले २ विकेटको क्षतिमा २१२ रन बनाएको थियो। बैंगलोरका लागि कप्तान फाप डु प्लेसिस सर्वाधिक ७९ रन बनाएर अविजित रहे। विराट कोहली ६१ रन बनाएर आउट हुँदा ग्लेन म्याक्सवेलले ५९ रन बनाए। दिनेश कार्तिक १ रनमा अविजित रहे। लखनउका लागि मार्क वुड र अमित मिश्राले  एक/एक विकेट लिन सफल भए ।

जवाफि व्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो ।  खराब सुरुवात गरेको लखनउले २३ रनमा ३ विकेट गुमाएको थियो।ओपन कायल मेयर्स शुन्यमा आउट भए भने कप्तान केएल राहुल १८ रन बनाएर पेभेलियन फर्किए। सुरुमै धर्मराएको लखनउको इनिङ्स मार्कस स्टोनिसले सम्हाले उनले ३० बलमा ६५ रन बनाए।यस्तै, निकोलस पुरनले १९ बलमा ६२ रन र आयुस बडोनीले ३० रन बनाए। बैंगलोरका मोहम्मद सिराज र वायन परनेलले ३–३ विकेट लिए। यस्तै, हर्सल पटेलले २ र कर्ण शर्माले १ विकेट लिए।

जितसँगै लखनउ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...