काठमाडौं,२७ चैत । देशभर पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित भएका छन्।
२ हजार ५६६ नमुनामध्ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै २४ घण्टामा २९ जना कोरोना संक्रमित निको भएका छन् भने ४४४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय सङ्क्रमितमध्ये २१ जना आइसोलेसन, १० जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
Post Views: 189
Discussion about this post