काठमाडौं,२७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले पञ्जाब किङ्सलाई हराएको छ । गएराति सम्पन्न दोस्रो खेलमा हैदराबादले पञ्जाब किङ्सलाई ८ विकेटले हराएको हो ।
राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनायो । पञ्जावका कप्तान शिखर धवनले ९९ रन बनाएका थिए। साम करनले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न नसक्दा पञ्जाव ठूलो योगफलसम्म पुग्न सकेन । हैदराबादका मयन्क मार्कन्डेले चार विकेट लिए।त्यस्तै, मार्को जन्सेन र उम्रन मलिकले समान दुई विकेट र भुवनेश्वर कुमारले एक विकेट लिए।
जवाफि ब्याटिङमा उत्रिएको हैदराबादले १७.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । हैदराबादको जितमा राहुल त्रिपाठीले ७४ रन बनाए। कप्तान आइदेन मार्करमले ३७, मयन्क अग्रवालले २१ र ह्यारी ब्रुकले १३ रन जोडे। पञ्जावका अर्शदीप सिंह र राहुल चहरले समान एक/एक विकेट लिए।
जितसँगै तीन खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको पञ्जाब तालिकाको छैटौँ स्थानमा छ ।
Discussion about this post