3pl Addiction Helpline America addictionhelplineamerica

तेह्रथुमको तिनजुरेमा बल्ल गुराँस फुल्न सुरू

खबर चितवन

खबर चितवन

सुनसरी,२६ चैत । सुनसरी / तेह्रथुमको तिनजुरे डाँडा (टिएमजे) मा निकै समय पछि गुराँस फुल्न थालेको छ । अगिल्लो वर्ष फागुन चैत बाट नै गुराँस फुल्ने गरेको थियोे भने यस पटक चैतको अन्तिम तिर बाट मात्रै गुराँस फुल्न थालेको छ ।

अगिल्लो वर्ष फागुन चैतमा तिनजुरे (टिएमजे) र सानो पाथीभरा मन्दिर डाँडामा गुराँस फुलेर राताम्मे हुन्थ्य । यस पटक बैशाख लाग्दा मात्रै गुराँस फुल्न सुरू गरेको छ । निकै ढिलो गरि गुराँस फुल्दा यहाँका व्यवसायी चिन्तामा परेका परेका थिए । व्यवसायी भन्छन् अब नयाँ वर्ष सुरू हुन लाग्यौं अब पर्यटक आउने आश गरेका छौ ।

फागुनको तेस्रो सातामात्र यहाँ हिउँ परेको थियोे । वसन्तपुरदेखि सुरु हुँदै आरआर गार्डेन, तिनजुरे, चौकी बजार, मङ्गलबारे, गुफा पोखरी हुँदै तिनजुरे–मिल्के–जलजले क्षेत्रमा यति बेला घुइँचो नै लाग्ने गर्ने ठाउँ अहिले गुराँस ढिलोगरि फुलेपछि पर्यटक आगमन कमै रहेको स्थानीय बासिन्दा बताउछन् । यहाँ अर्को पर्यटकीय क्षेत्र बसन्तपुर बजार नजिकै रहेको चोत्लुङ पार्क पनि हो । नयाँ वर्षमा यस तिनजुरे मिल्के जलजलेमा पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

गुराँसको राजधानी भनेर चिनिने (टिएमजे) क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस आँखै अगाडि देख्न सकिन्छ । तिनजुरे डाँडा समुद्री सतहबाट करिब १७ सय देखि ५ हजार मिटरको उचाइमा पर्दछ ।

गुराँस लगायत यस क्षेत्रमा कुम्भकर्ण, मकालु, अन्नपूर्ण हिमाल र विभिन्न तालतलैयाको दुश्य देख्न सकिन्छ । गुफापोखरी, खोपिङ पोखरी, भूतपोखरी, जलजला पोखरी तेह्रथुम र सङ्खुवासभा यहीँ पर्छ । साना हिमालदेखि सभापोखरी, पाँचपोखरी, बाहुलापोखरी यहाँका मुख्य आकर्षका क्षेत्र हुन् । :- INFO NEPAL ONLINE

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...