इण्डियन प्रिमियर लिग : कोलकाता ३ विकेटले विजयी

खबर चितवन

खबर चितवन

काठमाडौं,२६ चैत । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सविरुद्ध कोलकाता नाइट राइडर्सले ३ विकेटको रोमाञ्चक जित निकालेको छ । ​गुजरातले दिएको २ सय ५ रनको लक्ष्य कोलकाताले अन्तिम बलमा ८ विकेट गुमाएर भेट्टायो ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । गुजरात का लागि विजय शंकर र साई सुदर्शनले अर्धशतकीय पारी खेले । २४ बलको सामना गरेका विजयले ५ छक्का र ४ चौकासहित अविजित ६३ रन बनाए ।त्यस्तै, सुदर्शनले ५३ रन,शुभमन गिलले ३९, ऋद्धिमान साहले १७ र अभिनव मनोहरले १४ रन जोडे । कोलकाताका लागि सुनील नारायणले तीन र सुयष शर्माले एक विकेट लिए ।

गुजरात टाइटन्सले जितका लागि दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकाताले १९.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । रिकुंले अन्तिम ओभरमा ५ वटा छक्का प्रहार गरेपछि खेल कोलकाताले  जितेको हो । उनी २१ बलमा ४८ रनमा अविजित रहे । साथै वेन्कटेशले सर्वाधिक ८३ रन जोड्दा कप्तान नितिश रानाले ४५ रन बनाए ।  गुजरातका कप्तान राशिद खानले ३ विकेट लिए ।  नियमित कप्तान हार्दिक पान्ड्या आजको खेलमा थिएनन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...