काठमाण्डाै,२५ चैत । पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ३५ नमुनामध्ये एक सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ र एक हजार चार सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ गरी ९९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप २६ जना सङ्क्रमित निको भएका छन् । हाल देशभर कोरोनाका ३७३ जना सक्रिय संक्रमित रहेका छन् ।चारजना आइसियूमा र एकजना भेन्टिलेटरमा उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले खोप लगाउन अनुरोध गरेको छ ।
Post Views: 185
Discussion about this post