काठमाण्डाै,२५ चैत । पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १ हजार १७० जनाको परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । जसमध्ये पीसीआर टेस्ट गरिएका १६८ जनामध्ये ४१ जनामा र एन्टिजन टेस्ट गरिएका एक हजार दुई जनामध्ये २३ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै पाँच जनाको भेन्टिलेटर र आठ जनाको आईसीयूमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो अवधिमा ५७ जना निको भएका छन् भने हाल सक्रिय संक्रमितको संख्या ३५७ रहेको छ।
Post Views: 199
Continue Reading
Discussion about this post