3pl

चितवनमा ठुलो परिमाणमा गाँजा बरामद,एक जना प्रकाउ

खबर चितवन

खबर चितवन

चितवन,२५ चैत । जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। पुर्वपश्चिम राजमार्गको भण्डाराबाट लोथरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०६ जि २१२८ नम्बरको ट्रकबाट शुक्रवार १ सय ८० किलो गाँजा बराबद गरेको हो।

सूचनाको आधारमा चेक जाँच गर्दा पूर्वि चितवनको लोथरमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो। ट्रकको क्याविनको भागमा फल्स बटम बनाई गाँजा लुकाएर ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए।

प्लाष्टिकले बेरेका १६ वटा पोका बनाएर गाँजा राखिएको थियो। गाँजासंगै ट्रक र एक जना भारतिय नागरिकलाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा भारतको पूवी चम्पारण बिहार रक्सौलका ३० बर्षिय कुन्दन पटेल रहेका छन्। उनलाई लागुपदार्थ ओसारपसारमा मुद्दा चलाउने प्रहरीले जनाएको छ।

अहिले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धन भैरहेको कार्कीले जानकारी दिए। गाँजा नेपालकै हुन सक्ने प्रहरीको अनुमान छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...