Advertise here

इन्डियन प्रिमियर लिग : राजस्थान ५७ रनले विजयी

खबर चितवन

खबर चितवन

काठमाण्डाै,२५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको छ ।जारी इन्डियन प्रिमियर लिग आईपीएलको १६औं संस्करणमा दिल्ली क्यापिटल्सको यो लगातार तेस्रो हार हो ।

गुवाहिटीमा भएको खेलमा पहिला ब्याटिङमा उत्रिएको राजस्थानले यशस्वी जैसवाल र जोस बट्लरको शानदार पारीको मद्दतले ४ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको थियो । बटलरले ७९ तथा जैसवालले ६० रन बनाए । यसैगरी सिमरोन हेटमायरले ३९ को योगदान दिए । दिल्लीका लागि मुकेश कुमारले २ विकेट लिए ।

राजस्थानले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनायो ।दिल्लीका लागि  डेविड वार्नरले ६५ र ललित यादवले ३८ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्टले ३ विकेट लिए ।

राजस्थान ४ अंकसहित शीर्ष स्थानमा छ भने तीन खेलमा खाता खोल्न नसकेको दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...