3pl Addiction Helpline America addictionhelplineamerica

इण्डियन प्रिमियर लिग : लखनउको दोस्रो जित

खबर चितवन

खबर चितवन

काठमाण्डाै,२५ चैत । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ । लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा सनराइजर्सले दिएको १२२ रनको लक्ष्य पछाएको लखनउले १६ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाउँदा ओपनर अनमोलप्रीत सिंहले ३१ रन बनाए। त्यस्तै अब्दुल समद २१ रनमा अविजित रहँदा वासिंटन सुन्दरले १६ रन बनाए।  लखनउका क्रुणाल पाण्ड्याले ३ विकेट लिँदा अमित मिश्राले २ तथा यश ठाकुर र रवि विश्नोइले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउका लागि कप्तान केएल राहुलले ३५ रन बनाए भने क्रुनाल पाण्डेयले ३४ रन बनाएका थिए । त्यस्तै कील मायेर्सले १३ रन बनाएका थिए भने मार्कस स्टोइनिशले अविजित १० र निकोलस पुरनले अविजित ११ रन बनाएका थिए । हैदरावादका आदिल रसिदले २ विकेट लिए । भुवनेश्वर कुमार, उमरान मलिक र फजलहक फारुकीले एक-एक विकेट लिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...