Advertise here

हेर्नुहोस २०७९ चैत २४ गते शुक्रबारको राशिफल

खबर चितवन

खबर चितवन

२०७९ चैत २४ गते, शुक्रवार, ७ अप्रिल २०२३। वैशाख कृष्ण पक्ष प्रतिपदा तिथि, १०ः२९ बजेदेखि द्वितीया। चित्रा नक्षत्र, १३ः५१ बजेदेखि स्वाती। चन्द्रराशि– तुला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज पनि समय शुभ रहनेछ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिंढी चढ्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउने हुँदा सामाजिक पद पाउने ग्रहयोग रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ । ईमान्दारितापूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेशसलाई भत्काउँदै थप लगानि गरि विलासी वस्तुहरुको उपभोग गर्न पाईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भए पनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धी पुराना समस्याहरु ठीक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज पनि समय खराब छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भने जस्तो पारिश्रमिक पाईने छैन । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउँन सहज हुनेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफुनिर आकर्षित गर्न सकनिेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै खराब छ । स्वास्थ्य सम्बन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहाँदै छुट्टिनु पर्ने हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज पनि स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भए पनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य सबल रहनेछ । समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय खराब छ, आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दु:ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ भने पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट मनग्य लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुबिधा पाप्त गर्न सक्नेछन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...