रत्ननगर,२४ चैत । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा आज बिहान मर्निङवाक गर्ने क्रममा हृदयघात भएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–४ देवौलीका ५१ वर्षिय जीवन महतो रहेका छन् ।शुक्रवार बिहान पौने ६ बजेको समयमा देवौलीको बाटोमा मर्निङ वाक गर्ने क्रममा महतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
बेलायतमा बस्दै आएका उनी चैते दशैँमा नेपाल आएका थिए । प्रहरीका अनुसार उनमा दिर्घरोग केहि थिएन । शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
Post Views: 231
Discussion about this post