3pl Addiction Helpline America addictionhelplineamerica

चलचित्र बहाबमा सुरक्षा पन्तको लामो ‘टङ किस’ दृश्य

खबर चितवन

खबर चितवन

काठमाडौं,२४ चैत । चलचित्र ‘बहाब’ आजबाट हलहरूमा रिलिज हुँदैछ । सुरक्षा पन्तको मुख्य भूमिका रहेको यस चलचित्रमा दिएको एउटा बोल्ड सिनले दर्शक ‘सक्ड’ हुन सक्छन् ।

प्रमोद कँडेल निर्देशित चलचित्रको बुधबारपहिलो प्रिमियर गरिएको थियो । जसमा कलाकारदेखि पत्रकार र राजनीतिकर्मीदेखि विद्यार्थीसम्म उपस्थित भएका थिए ।चलचित्र सुरु हुनासाथ किस सिन आएपछि हलभित्र खल्बली उत्पन्न भयो । प्रेमीसँग सुरक्षाको करिब १८ सेकेन्ड लामो ‘टङ किस’ देखाइँदा दर्शकले हुटिङ गरेका थिए ।

मूलधारका नेपाली चलचित्रमा यस्तो हट किस दुर्लभ नै हुन्छ । बोल्ड भनिने नायिकाहरु पनि टङ किस दिन हच्किने गर्छन् । सुरक्षाबाट त यस्तो अपेक्षा नै थिएन ।उनले यसअघि कुनै पनि चलचित्रमा टङ किस गरेकी थिइनन् । यो दृश्य आउँदा प्रिमियरमा उपस्थित भएकी सुरक्षाले लाजले मुख छोपेकी थिइन् । यसअघि निर्माताले पनि यस बारे केही बताएका थिएनन् ।

सुरक्षा नवविवाहित हुन् । बहाब विवाहपछि उनको रिलिज भएको पहिलो चलचित्र हो । यो फिल्मको सुटिङ धेरै पहिला भएको हो । चलचित्रका निर्देशक कँडेल कथाको माग अनुसार यो दृश्य खिचिएको बताउँछन् ।

चलचित्रमा सुरक्षालाई बोल्ड अवतारमा पेश गरिएको हुँदा उनको चरित्र स्थापित गर्न यो दृश्य जरुरी रहेको कँडेलको भनाइ छ । फिल्मका निर्माता श्रीधर पौडेल हुन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...