काठमाडौं,२४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित निकालेको छ । कोलकत्ता स्थित इडेन गार्डेन स्टेडियममा बिहिवार राति सम्पन्न खेलमा कोलकत्ता नाइटराइर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरविरुद्ध ८१ रनको फराकिलो जित हासिल गर्यो ।टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
कोलकाताका शार्दुल ठाकुरले ६८ रन बनाएका थिए । शार्दुलले २९ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । ओपनर रहमनुल्लाह गुर्बजले ५७ रन बनाए । रिन्कु सिंहले ४६ रन बनाए ।बेङ्लोरका कर्न शर्मा र डेविड विलीले समान दुई विकेट लिए । मोहम्मद सिराज, मिचेल ब्रासवेल र हर्सल पटेलले समान एक विकेट लिए ।
जवाफि ब्याटिङमा आएको बेङ्लोरले १७.४ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो । बेङ्लोरका कप्तान फाफ डु प्लेसिसले २३ रन बनाए । विराट कोहलीले २१, डेविड विलीले २०, मिचेल ब्रासवेलले १९ र आकास दीपले १७ रन बनाए ।बेङ्लोरलाई सस्तैमा समेट्न कोलकाताका वरुन चक्रवर्तीले चार विकेट,सुयास शर्माले तीन विकेट,सुनिल नारिनले दुई र शार्दुल ठाकुरले एक विकेट लिए ।
Discussion about this post