महेन्द्र महतो,चनौली २३ चैत । बौद्विक अपाङ्गताको परिचय उनिहरुको सरक्षण तथा सम्बर्धन सम्बन्धि सचेतना गोष्ठी सम्पन्न भएको छ ।
बौद्विक अपाङ्गताका अभिभावक सघ चितवनको आयोजना तथा भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम चनौली पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ता कुमारी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख पौडेलले अटिजम अथवा बौद्विक अपाङ्गता हुनुमा आमाको कोखमा हुँदा आमाले प्रयोग गर्ने आहारव्याहार, औसधि एउटा प्रमुख कारण पनी हुने बताउनु भयो ।
कतिपय अबस्थामा आफ्नो बालबालिका अपाङ्गताका छ अथवा बौद्विक अपाङ्गता छ भन्ने कुरा आफुहरुले समाजमा लुकाउनु पर्ने अबस्था आउने,सर्वजनिक भयो भने सामजिक प्रतिष्ठासग गासिएको बिषय पनि हुने गरेको उहाले बताउनु भयो ।
अपाङ्गताका अभिभावक सघका अध्यक्ष निर्मल कुमार श्रेष्ठले कार्यक्रममा बौद्विक अपाङ्गताको परिचय उनिहरुको सरक्षण तथा सम्बर्धन सम्बन्धि सचेतना दिनु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न स्कुलका प्रध्यानाध्यापक,भरतपुर महानगरपलिकाका विभिन्न वडाका जनप्रतिनिधि,एबम अपाङ्गता भएका बालबालिकाका अभिभावकको उपस्थिति रहेको थियो ।बौद्विक अपाङ्गताका अभिभावक सघका सचीव सुशीला कुवरले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
Discussion about this post