चितवन,२३ चैत । यही वैशाख १० गते हुन लागेको उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ। चितवन क्षेत्र नं.२ मा उम्मेदवारी दिएका २४ जना मध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवारहरु चत्रपानी न्यौपाने र सुदर्शन कंडेल रहेका छन् । अन्य २२ जनाको उम्मेदवारी यथावत रहेको छ ।
आज दिउँसो सम्ममा उम्मेदवारी फिर्ता लिने समय दिइएकोमा दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।
Post Views: 231
Discussion about this post