इन्डियन प्रिमियर लिग : पन्जाब किंग्सको लगातार दोस्रो जित

खबर चितवन

खबर चितवन

काठमाण्डाै,२३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ५ रनले हराएको हो ।

गुवाहाटीस्थित बार्सपारा स्टेडियमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो । पन्जाबका कप्तान शिखर धवन सर्वाधिक ८६ रनमा अविजित रहे । त्यस्तै प्रभसिमरन सिंह ६० रनमा आउट भए । सिंहको आईपीएल क्रिकेटमा यो पहिलो अर्धशतक हो । राजस्थानका जेसन होल्डरले २ विकेट लिए । रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक÷एक विकेट लिए ।

जबाफि ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओाभरमा ७ विकेट गुमाएर १ सय ९२ रन मात्र बनायो । कप्तान सञ्जु सामसनले ४२, शिमरोन हेटमायरले ३६, ध्रुव जुरेलले अविजित ३२, देवदत्त पाडिक्कलले २१, रियान परागले २०, जोस बटलरले १९ र यशस्वी जैसवालले ११ रन बनाए । पञ्जाबका लागि नाथन एलिसले चार र अर्शदीप सिंहले दुई विकेट लिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...