इन्डियन प्रीमियर लीग : गुजरात टाइटन्स ६ विकेटले विजयी

खबर चितवन

खबर चितवन

नयाँ दिल्ली,२२ चैत । साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । दिल्लीले लगातार दोस्रो हार ब्येहोरेको छ ।

दिल्लीको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सले ८ विकेटको क्षतीमा १६२ रन बनाएको थियो । दिल्लीका लागि उपकप्तान अक्षर पटेल तथा कप्तान डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरेका थिए । अक्षरले २२ बलमा ३६ रन बनाएका थिए भने वार्नरले ३२ बलमा ३७ रन बनाएका थिए । गुजरातका लागि मोहम्मद शमी तथा राशीद खानले तीन–तीन विकेट लिए ।

जवाफि ब्याटिङमा उत्रिएको गुजरात टाइटन्स एक समय १०७ रनमै चार विकेट गुमाएर संकटमा परेको थियो । उक्त समय गुजरातको टीमलाई जीतका लागि ४० बलमा ४६ रनको आवश्यकता थियो । त्यतिबेला क्रिजमा  साई सुदर्शन तथा डेविड मिलर खेलिरहेका थिए ।

यी दुबै ब्याट्सम्यानले आफ्नो विष्फोटक शैलीलाई कायम राख्दै दिल्लीका बलरमाथि आक्रमण जारी राखे । सुदर्शन र मिलरको जोडीले पाचौं विकेटका लागि २९ बलमा ५६ रनको अविजित साझेदारी गर्न सफल भए ।

गुजरातका लागि सुदर्शनले ४८ बलमा अविजित ६२ रन बनाए भने मिलरले १६ बलमा अविजित ३१ रन बनाएर टीमलाई जिताए । विजय शंकरले २९ रनको योगदान दिए । दिल्लीका एनरिक नोर्खियाले दुई विकेट लिए ।

यो जीतसंगै गुजरातको टीम प्वाइन्ट टेबलको शीर्षस्थानमा पुगेको छ । यो टीमले अहिलेसम्म दुई खेल खेल्दै दुबैमा जीत हासिल गरेको छ । टीमको अहिले चार प्वाइन्ट छ । दिल्लीको टीमले अहिलेसम्म खाता नै खोल्न सकेको छैन ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...