3pl Addiction Helpline America addictionhelplineamerica

रास्वपा सभापति रवि विरुद्ध ४ वटा उजुरी

खबर चितवन

खबर चितवन

चितवन,२१ चैत । आउँदाे वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि उम्मेदवारी दर्ता गराउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मङ्गलवार ती उजुरी दर्ता भएका हुन् ।

तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानुन व्यवसायी युवराज पौडेल सफलले इमेलमार्फत दर्ता गराउनुभएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । अन्य तीन जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोधअन्तर्गत उजुरी परेको हो ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराउनुभएको हो ।

आचार्यका अनुसार नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका हुन् । सफलको भने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १५ बमोजिम उजुरी दर्ता भएको हो । दफा १५ मा कुनै पनि उम्मेदवारको चुनावकाे परिणाम आउनुभन्दा पहिला योग्यताका विषयमा जो सुकैले उजुरी दिन सक्ने उल्लेख छ ।

आचार्यले उम्मेदवार र उनका प्रतिनिधिले दिएको उजुरीमा बुधवार दिउँसो ३ बजेसम्म छलफल गरी टुङ्गो लगाइने जानकारी दिनुभयो । सफलले दिनुभएको उजुरीको विषयमा उम्मेदवारसँग जवाफ मागेर निर्वाचन आयोगमा पठाइने उहाँले बताउनुभयो । उपचुनावका लागि यस क्षेत्रमा १२ राजनीतिक दलकासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

No photo description available.

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...