3pl

 इण्डियन प्रिमियर लिग : चेन्नइ १२ रनले विजयी

खबर चितवन

खबर चितवन

काठमाडौं,२१ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले लखनउ सुपर जायन्टमाथि जित निकालेको छ। चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा चेन्नइले लखनउमाथि १२ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउ २०५ रनमा समेटियो।

चेन्नइका लागि रुतुराज गाइक्वडले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५७ रन बनाउँदा डेभोन कोन्वेल ४७ रन बनाए। त्यस्तै शिवम दुबे र अम्बाती रायडूले २७ रन बनाउँदा मोइन अलीले १९ रन बनाए।

बलिङतर्फ मार्क वुड र रवि विश्नोइले समान ३ विकेट लिँदा आभेष खानले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउका ‌ओपनरद्वय केएल राहुल र केल मेयर्सले ७९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए। कप्तान राहुलले २० रन बनाउँदा मेयेर्सले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५३ रन बनाए। त्यस्तै निकोलस पुरनले ३२ रन बनाउँदा आयुस बडोनीले २३ रन बनाए।

बलिङतर्फ चेन्नइका मोइन अलीले सर्वाधिक ४ विकेट लिँदा तुसार देशपाण्डेले २ तथा मिचेल स्यान्टनरले १ विकेट लिए।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...